मुख्य समाचार
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने | आज नेप्सेमा दोहोरो अंकको गिरावट | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर | प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता | भारतका तीन ब्याटरले जिताए दक्षिण अफ्रिका विरूद्धको सिरिज | कमल थापा भन्छन्, 'पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले नै सर्वोच्चको आदेश मानेन' | धनकुटाको अलैंचीलाई धरानमा कर | सुनको मूल्यमा गिरावट |

राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ

Nagarik Sewa 3621+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

पोखरा। नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राजकुमारले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् । 

पोखराको ब्रिटिश क्याम्पमा आज बिहान आयोजित समारोहमा हिन्दु धर्मशास्त्र अनुसार स्वस्तिशान्ति मन्त्र बाचनपछि राजकुमार दम्पतीले नेपाली जवानलाई सपथ खुवाएका हुन् । 

राजकुमार एडवार्ड दम्पत्ति हिजो टाइगर माउन्टेन लजमा बास बसेका थिए । त्यहाँबाट हिमश्रृङ्खला अवलोकन गरेर उनी दीपस्थित ब्रिटिश क्याम्पमा आइपुगेका हुन् । राजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् ।

उनी आज लुम्ले गाउँ भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र आज चन्द्रकोट भन्ने गाउँमा बास बस्ने कार्यतालिका छ । निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पति गत मंगलबार काठमाडौं आएका थिए । उनीहरु यही माघ २७ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार