मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

कनेक्ट किसानको आयोजनामा 'कृषि एक्स्पो गढीमाई २०८१' मंसिर १८ गतेदेखि हुने

Nagarik Sewa 4881+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । बारामा, कनेक्ट किसानको आयोजनामा आगामी मंसिर १८ गतेदेखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने भएको छ।  ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरूको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ। मेला संयोजक सञ्चिता लामिछानेले एक्स्पोमा २ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता र ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन्।

एक्स्पोको प्रमुख आकर्षण कृषि सेमिनार हुनेछ, जहाँ किसानहरूले विज्ञहरूसँग नि:शुल्क परामर्श लिन र भलाकुसारी गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।एक्स्पोको सफलताका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र र कृषि उद्यम केन्द्र लगायतका विभिन्न संघ संस्थाहरुले प्रवर्द्धक र साझेदारको भूमिका निर्वाह गर्नेछन्।

एक्स्पोमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई-भैँसी पालन, डेरी खेती, केरा खेती, थोपा सिँचाई, विषादी रहित कृषि र कृषि नविनतम औजारहरूको प्रदर्शनी गरिने छ। यससँगै, देशभरिबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य कृषकहरूले आधुनिक प्रविधिको जानकारी प्राप्त गर्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार