काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनालले आज एकाबिहानै फेसबुकमा स्टाटस राख्दै आफू स्वतन्त्र भएको घोषणा गर्नुभएको छ ।
आफन्त एवं शुभचिन्तक आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै पूर्वआइजीपी खनालले स्टाटसमा लेख्नुभएको छ, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्ररूपमा स्थानीय र राष्ट्रिय समस्याको समाधानका लागि काम गरिरहेको छु ।’
खनालले आफू राष्ट्रघाती दोषीलाई कानुनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भन्नुभएको छ, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।’
पूर्वआईजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधिसभा उपचुनावमा एमालेका उम्मेदवार बन्नुभएको थियो ।