बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

Nagarik Sewa 4191+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

 धनगढी । कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।

उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् ।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार