सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अलिवम्ब खारेज गर्न महासंघको माग

Nagarik Sewa 4210+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ ।

‘निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेण्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।  खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेण्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको भनाइ छ ।

‘विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको विदितै छ’ महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ । निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी निर्माण व्यवसायी सहित आम उपभोक्तालाई राहत दिन महासंघले नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ । मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्शन होलिडे’  आह्वान गर्न बाध्य हुने महासंघको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार