काठमाडौं। नेकपा (एमाले) को ११ औँ महाधिवेशनपछि शुक्रबार थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए । शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
बैठकमा अध्यक्ष ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताउनुभएको छ। निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको बताउनुभएको हो। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ ।
एमालेको ११ औँ महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।