काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक २.९५ अंकले बढेको छ । नेप्से सामान्य अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको हो।
आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घट्यो । १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५३ हजार ९५७ पटकको सेयर किनबेचबाट ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ । ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भए । कुल ८ उपसमूह बढे भने अन्य उपसमूहहरू घटे ।