२५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्यायो काठमाडौं महानगरले

Nagarik Sewa 4191+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र ८३ का लागि बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेश गर्नुभएको हो। 

पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ। यही नगरसभा सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गर्नुभएको हो। 

काठमाडौं टावर नक्सा पास विवाद सुरू भएयता ६ महिनापछि शुक्रबार मात्रै मेयर बालेनले कार्यपालिका बैठक डाक्नुभएको थियो। स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ। तर महानगरले भने कार्यकारी र मेयरको विवादका कारण बजेट समयमा आएको थिएन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै