काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ। ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए।
‘उहाँलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ’, आचार्यले भने,‘शल्यक्रिया सकिएपछि अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्छ ।’ अस्पताल स्रोतका अनुसार डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ।