मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

दुर्गा प्रसाईंको राजनीतिक अभियानप्रति भारतको कुनै चासो र सम्बन्ध छैनः भारतीय सञ्चारमाध्यम

Nagarik Sewa 4881+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। एक भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नेपालका राजतन्त्रवादी व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक अभियानप्रति आफ्नो कुनै चासो र सम्बन्ध नभएको बताएको छ। एनडीटीभीका अनुसार क्यान्सर उपचारका लागि प्रसाईं यसै हप्ता भारत आइपुगेको तर उनले यस भ्रमणलाई 'नेपालको राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापना गर्ने अभियानका लागि भारतीय नेताहरूसँग सम्पर्क गर्ने र नैतिक समर्थन प्राप्त गर्ने प्रयास' भनेका छन्।  

तर भारतीय अधिकारीहरूले उनका गतिविधिमा भारतको कुनै संलग्नता वा चासो नभएको बताएका छन्। कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार बरु भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई एक अनावश्यक विचलनका रूपमा हेरेका छन् र नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र यसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारत अडिग देखिएको छ। दिल्लीका अधिकारीहरू प्रसाईंले गरेको भारतीय सहानुभूतिको दाबीबाट चिढिएको भनेर उक्त पत्रिकाले लेखेको छ। 

‘प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन’, नेपालसँग कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, ‘।।।उनका गतिविधिलाई भारतबाट कुनै समर्थन छैन।’ ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार