काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच बिजुलीबजार–नयाँबानेश्वर सडक खण्ड नयाँ बानेश्वरमा झडप हुँदा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्। सडकमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ ।शिक्षकहरुले गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको हो। प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।