विद्यालय शिक्षा सुधारका लागि अभिभावकले नै आन्दोलन गर्नुपर्छः शिक्षामन्त्री पुन

Nagarik Sewa 4376+ समाचार ( )
६ पौष २०८२, आइतबार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले नेपालभरिका धेरै विद्यालयमा भए गरेका राजनीति हटाउन अभिभावकले नै आन्दोलन गर्नुपर्ने बताउनुभएको हो।

‘नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,’उहाँले लेख्नुभएको छ, ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ ।’

पुनले विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने बताउनुभउको छ। ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस्’ उहाँले भन्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार