६९.८० अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4376+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं। हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २७२७.५८ विन्दुमा पुगेको छ। आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार उच्च अङ्कले बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय ३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ५ महिनायताकै उच्च हो । यसअघि गएको भदौ १८ गते १३ अर्ब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै