रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दा या आरोपबारे जवाफ दिनुपर्छः रेशम चौधरी

Nagarik Sewa 4376+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दा या आरोपबारे जवाफ दिनुपर्ने बताएका छन् । बिहीबार साँझ भिडियो सन्देश जारी गर्दै चौधरीले आफूले नै नागरिक उन्मुक्ति पार्टी गठन गरेको तर यसलाई पटक पटक काटेर ठुटो बनाउने प्रयास गरेकोमा गुनासो गरेका छन् ।  

‘आज बिरुवा रोप्छु, केही दिनमै काटेर ठुटो बनाइन्छ, रोप्दैछु, रोप्दै जानेछु । अहिले बोलाइएको केन्द्रीय कमिटी बैठक मैले बोलाएको भन्दा पनि मैले सुझाव दिएर बोलाइएको हो’ रेशमले भनेका छन् । संसदीय दलका नेतासमेत रहेका गङ्गाराम चौधरीले साउन ९ र १० गते केन्द्रीय समिति बैठक बोलाएका थिए । तर उक्त बैठकलाई रञ्जिताले आधिकारिक नभएको बताएकी थिइन् ।  

उनले आफूलाई पार्टीको संरक्षकमा ल्याएर थन्क्याइएको  र भूमिकाविहीन जस्तै बनाएर आफूमाथिमात्र एकोहोरो प्रहार भइरहेको गुनासो गरेका छन् । 

 ‘नाउपाभित्र समस्या छ भने बैठकमा प्रस्तुत हुनुस्, बुँदागत छलफल गर्नुस् । केन्द्रीय सदस्यमा बसेर सामाजिक सञ्जालमा छताछुल्ल नपार्नुस् । यसले तपाईँकै ओज घटाउँछ’, रेशमले भनेका छन्, ‘नागरिक उन्मुक्ति पार्टीका जोइपोइमा भाँजो हाल्ने प्रयास भइरहेको छ । पार्टीको वैधानिक वा अवैधानिक भन्ने महानुभाव को हो ? परिचालित व्यक्ति होइन ?’ 


उनले अध्यक्ष श्रेष्ठले मैले बैठक बोलाएको होइन भनेर पन्छिन नपाउने पनि बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार