मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

Nagarik Sewa 4875+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट l  रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सडक किनारमा सुटकेशभित्र महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार शनिबार राति करिब १०:३० बजे सडकमा शंकास्पद सुटकेश देखिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। आइतबार बिहान सुटकेश खोल्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको उनले जानकारी दिए।

प्रहरीका अनुसार सुटकेश डोरीले मजबुत रूपमा बाँधिएको अवस्थामा भेटिएको थियो। शवमा साडी छिरिएको देखिएकाले हत्या गरी सुटकेशमा राखिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतक महिलाको पहिचान भने अहिलेसम्म खुलेको छैन।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज समेत संकलन गरिरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

यसअघि पनि रौतहटको गौर–५ मा छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो भने सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा फेला परेको थियो। यो साता मात्रै रौतहटमा तीन वटा शव फेला परेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार