श्रीमती हत्या गरेको अभियोगमा एक युवक प्रकाउ

Nagarik Sewa 4557+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

महोत्तरी । आफ्नै श्रीमती  हत्या गरेको अभियोगमा एक युवक प्रकाउ परेका छन् । २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने उनका श्रीमान ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार