मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्न स्वाथ्यमन्त्रीको आह्वान
विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्न स्वाथ्यमन्त्रीको आह्वान

Nagarik Sewa 4881+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

२५ मंसिर, बार्सिलोना । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि-कन्क्लेभ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे।उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री पौडेलले भने, ‘देशमा लोकतन्त्र त आयो, तर जनताले त्यसको महसुस गर्ने अवस्था बनेको छैन। विदेशमा अनुभव आर्जन गरेका स्वास्थ्यकर्मीहरूको सहयोगले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आगामी महिनामा यसका लागि विशेष कार्यक्रम आयोजना गरी स्पष्ट नीति तय गरिनेछ।’

कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका आठ स्वास्थ्य विशेषज्ञहरूले नेपालमा आफ्नो सहभागितामा सम्पन्न प्रोजेक्टहरूबारे दस्तावेज प्रस्तुत गरेका थिए। तीमध्ये नर्वेका प्रा. डा. दीपक सापकोटा, इटालीका डा. कौशलकिशोर तिवारी, स्वीडेनका डा. दीपराज थापा, बेल्जियमका डा. राजु श्रीवास्तव, जर्मनीका डा. सागर धिताल, अमेरिकाका डा. कृष्णप्रसाद खनाल, बेलायतका डा. बच्चु कैलाश कैनी, र स्वीजरल्यान्डका डा. विनयकुमार श्रेष्ठ प्रमुख वक्ता थिए।उनीहरुले नेपालमा स्वास्थ्य सेवा सुधारको सम्भावनाबारे विश्लेषण गरेका थिए।कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष अर्जुनकुमार  श्रेष्ठ, डा. प्रकाश थपलिया, डा. भीमप्रसाद सापकोटा, र डा. विराज कर्माचार्यले पनि आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। बक्ताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिकाबारे आफ्ना विचार राख्दै नीतिगत सुधार र सहकार्यको खाँचो औंल्याए।संस्थाका अध्यक्ष डा. विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा सञ्चालित प्रोजेक्टहरूमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे पनि गहन छलफल भएको थियो। सहभागीहरूले विदेशमा सिकेका ज्ञान, सीप, र स्रोतसाधनलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न थप सहकार्य र निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।

प्रवासी नेपाली स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य सेवा सुधारका लागि उपयोग गर्न नयाँ ढोका खोल्न कार्यक्रममार्फत प्रेरित गरिएको थियो।नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पौष ११ र १२ गते (डिसेम्बर २६ र २७) काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न तयारी गरिरहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपालीहरूको योगदानलाई मूल्यांकन र सक्रिय बनाउने रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार