भोजपुरमा ४ जनाको हत्या

Nagarik Sewa 4376+ समाचार ( )
२२ आश्विन २०८२, आइतबार

काठमाडौं। भोजपुर नगरपालिका २ मा एकै परिवारका ४ सदस्यको हत्या भएको छ। भोजपुरका राजेन्द्र राईले (रामप्रसाद राई)ले ४ जनाको हत्या गरी गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोनगरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । 

राईले  सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।

अभियुक्त राईलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार