नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बविता पाण्डे निर्वाचित

Nagarik Sewa 4208+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं । नेपाल जेसिसको उपाध्यक्षमा राजनीतिकर्मी तथा समाजसेवी बविता पाण्डे निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१ औँ महाधिवेशनबाट सन् २०२५ का लागि पाण्डे राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्नो उम्मेदवारीका लागि सम्पूर्ण अग्रज, अभिभावक, शाखा अध्यक्ष, बोर्ड सदस्य, पूर्व अध्यक्ष, र नेपाल जेसिजका सम्पूर्ण नेतृत्व तथा देशभरका सदस्यहरूसँग समर्थनको अपिल गरेकी थिइन् ।

त्यस्तै, नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । उनले जीवन कार्कीलाई पराजित गरिन । नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन । अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो ।

यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा गणेश सापकोटा, कृष्ण सापकोटा, एलिना महर्जन र सौरभ श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । जसमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल रहेका छन् । महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ । १७८ शाखा रहेको जेसीजमा एक हजार दुई सयभन्दा बढी मतदाता थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार