प्रज्ञा भवनमा माओवादीको केन्द्रीय समिति बैठक सुरु

Nagarik Sewa 4889+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा सुरु भएको छ। बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन्। 

बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ।

बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ। यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका मुद्दा तथा अन्य विविध एजेन्डा पनि बैठकमा उठाइने कार्यक्रम छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै