मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु

Nagarik Sewa 2364+ समाचार ( )
२० आश्विन २०८२, शुक्रबार

मकवानपुर l मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ। गएराति भएको मोटरसाइकल दुर्घटनामा  राक्सिराङ गाउँपालिकाको कालीका  माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो।

शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना ४३ प ४५१८ नम्बरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभञ्ज्याङतर्फ जाँदै थिए। त्यसक्रममा दुर्घटना भएको भन्ने सूचनापछि ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार ४५ वर्षीय झा दुर्घटनापश्चात गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए। 

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा गएराति नै ११:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी अर्यालले बताए। झा धनुषाका हुन्। विद्यालयको प्रधानाध्यापकको निधन भएपछि राक्सिराङ गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूमा शुक्रबार शोक बिदा दिएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार