नेपाल आज कुवेतसँग खेल्दै

Nagarik Sewa 4210+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं। महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले आज कुवेतको सामना गर्दैछ। युएईको अजमानमा बिहान ११ः१५ बजे खेल सुरु हुने क्यानले जनाएको छ ।  

यस अगाडि नेपालले ३ खेलमा जित र युएईसँगको १ खेलमा हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन, दोस्रोमा कुवेतलाई १ सय ८ रन र चौथो  थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको‌ अन्तिम खेल युएईसँग पुन खेल्नेछ। प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्ड रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार