डाँकाको समूहद्वारा लुटपाटका साथै १ जनाको हत्या

Nagarik Sewa 4889+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं। डाँकाको एक समूहले बिहीबार राति सप्तरीको सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको गोली हानेर हत्या गरेको छ। 

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले बताए। आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्। चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले डाँकाहरूको खोजी भइरहेको जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार