२२.०४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4806+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं। नेप्से परिसूचक आज २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा बन्द भएको छ। आज सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। मंगलबार ६ अर्ब ५७ करोड रुपयाँको सेयर खरिदबिक्री भएको थियो।

बुधवार १९९ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै, ४९ कम्पनीको सेयरमूल्य घटेको छ। बरुण हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ६.२१ प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ४.४१ प्रतिशतले घटेको छ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको छ। फाइन्स समूहको परिसूचक ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहको परिसूचक १.६८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार