बैशाष २ गते कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

Nagarik Sewa 4666+ समाचार ( )
३० चैत्र २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसले बैशाष २ गते बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए। कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ। त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन्। त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार