मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

राजासँगको फोटो देखाएर किशोरी धम्क्याउँछन् बलात्कार आरोपी राजेश अहिराज: अझै छन् फरार सूचीमा

Nagarik Sewa 4881+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दा हालेकी किशोरीले आफूलाई मानसिक यातना दिइएको गुनासो गरेकी छन् । पीडकलाई पक्राउ गर्न प्रहरीले कुनै तदारुकता नदेखाएको आरोप पनि उनको छ ।

मधेशमूलकी एक किशोरीले नाबालिक अवस्थामै अहिराजले आफूलाई शारीरिक र मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले चैत २५ मा डा. अहिराजलाई पक्राउ अनुमति (पुर्जी) दियो । तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

जाहेरवाली, परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२), ले पीडक पक्राउमा प्रहरी उदासीन भएको भन्दै अनुसन्धानकर्मीसँग गुनासो गरिरहेको स्रोतले बतायो । जाहेरी दर्ता भएको समाचार विभित्र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आफूले विभिन्न माध्यमबाट धाक धम्की खेप्नु परिरहेको उनकले प्रहरीलाई बताएकी छन् ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपीलराज बोहराले गम्भीर कसुरमा पक्राउ पुर्जी जारी भएको अवस्थामा परिसरसहित प्रहरीका अन्य युनिट पनि त्यस्ता व्यक्तिको खोजीमा लाग्ने गरेको बताए ।‘आरोपीको खोजी भइरहेको छ, अन्य विषयमा कुनै उजुरी वा जाहेरी नपरेका कारण केही भन्न सकिदैन,’ उनले भने ।

पीडकले सामाजिक सन्जालमार्फत आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग खिचेको फोटो देखाउँदै धम्कीयुक्त म्यासेज पठाएको समेत किशोरीको भनाइ छ । आफ्नो उच्च पहुँचबाट सतर्क रहन डा. अहिराजले धम्की दिएको उनले प्रहरीलाई बताएकी छन् ।

प्रहरीले धम्कीसम्बन्धी पुरक जाहेरी दिएमा पक्राउ परेपछि यो विषयमा पनि अनुसन्धान र सजाय हुने सुझाव दिएको छ । तर, किशोरीले पुरक जाहेरी दिएकी छैनन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार