दक्षिण एसियाली युवा नेतृत्वको यात्रामा ऐतिहासिक कदमः

Nagarik Sewa 4376+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम South Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) यही साउन १५ देखि १८ गते (जुलाई ३१ – अगस्ट ३, २०२५) सम्म काठमाडौंको Aloft Hotel, Thamel मा भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।'Bridging Nations – Building Leadership' भन्ने नाराका साथ आयोजित यस एकेडेमीले दक्षिण एसियाका युवा नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने, अन्तरसंस्कृतिक समझदारी विस्तार गर्ने, क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने र साझा भविष्य निर्माणतर्फ अग्रसर गराउने उद्देश्य राखेको छ।

नेपाल जेसीज २०२५ की अध्यक्ष रञ्जनी थापा का अनुसार,"SAAIL केवल नेतृत्व विकासको कार्यक्रम होइन; यो दक्षिण एसियाको साझा भविष्य निर्माणतर्फको अग्रसरता हो। हामीले ASPAC 2025 मा जुन साझा सपना देख्यौं, त्यो आज नेपालबाट प्रारम्भ हुँदैछ। यसले सम्पूर्ण क्षेत्रको एकता, मित्रता र दीर्घकालीन सहकार्यको सम्भावना समेटेको छ। नेपाल जेसीजको नेतृत्व गर्दै यस्तो ऐतिहासिक प्रयासको अगुवाई गर्न पाउनु गौरवको विषय हो।" SAAIL को अवधारणा JCI Asia-Pacific Conference (ASPAC) 2025, उलानबटार, मंगोलियामा जन्मिएको हो। नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच हस्ताक्षरित सम्झौताअनुसार चार राष्ट्रहरूले मिलेर SAAIL स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। नेपाल यस ऐतिहासिक संकल्पको पहिलो कार्यान्वयन स्थल बन्ने अवसर पाएको छ।

कार्यक्रम निर्देशक एवं पूर्व राष्ट्रिय अध्यक्ष तथा JCI सिनेटर प्रज्ञा राज राजभण्डारीले SAAIL लाई दीर्घकालीन नेतृत्व विकास, युवा नवप्रवर्तन र क्षेत्रीय सहकार्यको मञ्चका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका मुख्य उद्देश्यहरू:

  • युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
  • दक्षिण एसियाली राष्ट्रहरूबीच आपसी समझदारी, मित्रता र सहकार्य प्रवर्द्धन
  • नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार
  • अन्तर्राष्ट्रिय सहभागिताबाट उद्योग, लगानी र नवप्रवर्तनको सम्भावना
  • दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण

विशेष कार्यक्रमहरू:

  • नेतृत्व विकास सत्रहरू: नीति निर्माण, सार्वजनिक सेवा, उद्यमशीलता र नवप्रवर्तनमा आधारित कार्यशालाहरू
  • सांस्कृतिक आदानप्रदान: काठमाडौं, लुम्बिनी, पोखरा, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध आदि सम्पदा क्षेत्रहरूको अवलोकन
  • क्षेत्रीय फेलोसिप तथा साँस्कृतिक उत्सव
  • विशिष्ट अतिथिहरूको उपस्थिति सहित औपचारिक उद्घाटन तथा समापन समारोह
  • Nepal to Sri Lanka: श्रीलंका राजदूतावास तथा महामहिम राजदूत पूर्ण बहादुर नेपालीको आतिथ्यमा Jaycees in Business कार्यक्रम

आवास, भोजन, भ्रमण तथा आतिथ्यको सम्पूर्ण व्यवस्थापन JCI नेपालद्वारा कार्यक्रममा JCI Asia-Pacific तर्फका कार्यकारिणी उपाध्यक्ष Mark Joseph David, उपाध्यक्ष Hiroki Tomori, अन्तर्राष्ट्रिय सिनेटरहरू, युवा उद्यमीहरू, समाजसेवीहरू तथा प्रमुख दक्षिण एसियाली नेतृत्वकर्ताहरूको सहभागिता अपेक्षित गरिएको छ। नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन भन्छिन् – "SAAIL नेपालको माध्यमबाट हामीले नेपालको सांस्कृतिक, भौगोलिक र जैविक विविधतालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्दैछौं। यो केवल एउटा इभेन्ट होइन, नेपाललाई नेतृत्व, उद्यमशीलता र अन्तर्राष्ट्रिय समन्वयको केन्द्र बनाउनतर्फको ठूलो पाइला हो।"

अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी हुन खुला आमन्त्रण गरिएको छ। नेपालले SAAIL – २०२५ को माध्यमबाट युवाहरूलाई समर्पित अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै सहकार्य, नेतृत्व विकास, र लगानीमैत्री वातावरण निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार