निर्वाचनविरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट

Nagarik Sewa 4501+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता, गृहसचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीको उपस्थितिमा आइतबार (फागुन १०) बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो ।

विभिन्न जिल्लामा निर्वाचनविरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्‍याउने लगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै उल्लिखित कार्य कानुनद्वारा वर्जित र दण्डनीय भएकाले यस्तो गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार