मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आज राष्ट्र बैंकले सुनका असर्फी नबेच्ने

Nagarik Sewa 5112+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ । गत वर्ष सुन नभएका कारण चाँदीका मेडालियन मात्र बिक्री गरेको थियो । तर, यस वर्ष केन्द्रीय बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरेर सुनका असर्फी पनि बिक्री थालेको थियो । प्रक्रियागत जटिलता र झन्झटका कारण बिक्री गर्न योग्य उत्पादन निकै न्यून हुने भएकाले बिहीबार नै सकिएका कारण शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । बिहीबार केन्द्रीय बैंकले एक व्यत्तिलाई एक असर्फी र २ मेडालियनसम्म बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीका मेडालियन १० ग्राम तौलका छन् ।

सुनको असर्फीको मूल्य ६५ हजार ४ सय र चाँदीका मेडालियनको ३ हजार ८ सय रुफैयाँमा बिक्री गरेको थियो । शुत्रबार भने चाँदीका मेडालियन माक्र बित्री गर्ने भएकाले केन्द्रीय बैंकले एक मेडालियनको मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार