जाग नेपाली समूहद्वारा इम्बोस्ड नम्बर प्लेटको विरोधमा प्रदर्शन

Nagarik Sewa 4894+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं। सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोधमा बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको छ। इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, नेपाली जनताको व्यक्तिगत डेटा सुरक्षाको ग्यारेन्टी गर, नेपालका भाषा, लिपि र संस्कृतिमाथि आक्रमण नगर्ने सुनिश्चितता गर’  जस्ता नारा लगाएका प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार