डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन पर्छः सिके राउत

Nagarik Sewa 4376+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन माग गर्नुभएको छ। संघीय सरकारले डिप बोरिङका लागि किसानसँग लालपुर्जा माग्दा झन्झटिलो हुने देखिएको हुँदा सो प्रावधान हटाउन उहाँले माग गर्नुभएको हो।

उहाँले आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्, ‘कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरूस् लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?’

डिप बोरिङको लागि भएको झन्झटिलो प्रावधानले योजना आइसके पछि पनि लागू गर्न कठिन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार, ‘फेरि एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ, त्यसो गर्दा त २००–४०० जना जतिबाट समन्वय गरेर, सहमति गरेर, लालपुर्जा जम्मा गर्नु पर्ने हुन्छ जुन सम्भव छैन ।’ यस्तै प्रावधानका कारण यस्ता योजनाहरू सफल हुन नसकेको बताउँदै उहाँले बिघाका बिघा जमिन हुने ठुला किसान र जमिन्दारहरूले डिप बोरिङ लग्न सके पनि आम किसानले लग्नै नसक्ने दाबी गर्नुभएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै