मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बाढी प्रभावित क्षेत्रमा सेनाका चार हेलिकप्टर परिचालन

Nagarik Sewa 5112+ समाचार ( )
२५ अशोज २०८३, आइतबार

काठमाडौं । नेपाली सेनाले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ४९ जनाको उद्धार गरेको छ । उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको नेपाली सेनाले आइतबार दिउँसो जारी विज्ञप्तिमा उल्लेख छ ।

“असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित चार हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रहरूबाट हालसम्म जम्मा ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म चार जना (शिशु–१ सहित), यारुबाट हुल्चुकसम्म १५ जना (बालक–२ र विदेशी नागरिक–१ सहित), हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना  र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई उद्धार गरिएको हो । 

अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार