नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुन्छः गृहमन्त्री लेखक

Nagarik Sewa 4680+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यसबारे जानकारी गराउनुभउको हो। विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उहाँको भनाइ थियो।

‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’

समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताउनुभएको हो। सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्री लेखकले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार