मोरङ कारागारका कैदी भाग्न खोजेपछि हवाई फायर

Nagarik Sewa 4154+ समाचार ( )
मोरङ कारागारका कैदी भाग्न खोजेपछि हवाई फायर
२५ भाद्र २०८२, बुधवार

काठमाडाैं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि बुधबार प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य बनेकाे हाे । मोरङ कारागारमा १ हजार १ सय बढी कैदीबन्दी रहेकाे प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार