काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।