मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

प्रसिद्ध कार उत्पादक कम्पनी निशानले नौ हजार कर्मचारी कटौती गर्ने

Nagarik Sewa 4881+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

एजेन्सी । जापानको प्रसिद्ध कार उत्पादक कम्पनी निशानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले आफ्नो वार्षिक बिक्री अनुमानभन्दा धेरै घटेका कारण कम्पनीले संकटको सामना गर्नुपर्ने अवस्था आएको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गर्नु परेको जनाउनुभएको छ ।

उत्तर अमेरिकी बजारमा निशानको व्यापार खस्कनु नै प्रमुख कारक रहेको पनि उचिदाको भनाइ छ । उहाँले नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कम्पनीले विज्ञप्तिमा निशानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्ने र विश्वव्यापी कर्मचारी नौ हजारले घटाउने उल्लेख गरेको छ । पहिलो अर्धवार्षिकमा नाफामा ९३ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै