नियमविपरीत चलाइएका सवारीसाधनहरु दिनभरि ‘होल्ड’मा

Nagarik Sewa 4212+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । काठमाडौंमा नियमविपरीत चलाइएका एक सय ५० बढी सवारीसाधनलाई ‘होल्ड’ मा राखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार दिउँसोसम्म ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ६२ सवारी साधनमध्ये १ सय ५० लाई होल्डमा राखिएको जनाएको छ ।

नियमविपरीत सवारीसाधन चलाउनेलाई ट्राफिक नियम उल्लंघनको प्रकृति हेरेर छाड्ने वा होल्डमा राख्ने गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । होल्ड गरिएका सवारीसाधनमा १२९ वटा मोटरसाइकल र स्कुटर तथा २१ वटा अन्य सवारीसाधन छन् ।

कागजात नभएका, मापसे गरेका, ओभरलोड गरी सवारी चलाउनेहरूलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । यस्तै, ‘होल्ड’ मा परेकाहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार