तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4281+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार