मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

धनुषामा लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

Nagarik Sewa 4382+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाममा सञ्चालनमा रहेको न्यू अनुस्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार ६सय ३५ शंकास्पद रकमसहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ८ का जेनिसकुमार साह रहेका छन् ।

त्यस्तै श्रोत नखुलेको रकमसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम वडा नम्बर ८स्थित चेकजाँचको क्रममा १० लाख रुपैयाँ हुण्डी रकमसहित भारत, बिहारका जामुन नायकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागुऔषध खैरो हिरोइन विक्री वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तीवारीले जानकारी दिनुभयो ।

त्यस्तै, गत माघ २९ गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध पदार्थसहित पक्राउ गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभयो ।

प्रहरीले सबैला नगरपालिका वडा नम्बर १३ प्रसाहीस्थित महेश्वर मण्डल खत्वेको घरबाट २ केजी गाँजा र औजार बरामद गरेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार