मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जिल्ला अदालत काठमाडौंमा चक्रे मिलनसहित १९ जनाविरूद्ध अभद्र व्यवहारको मुद्दा दायर

Nagarik Sewa 4881+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं। चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनाविरूद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर भएको छ। उक्त मुद्दामाथि बुधबार सुनुवाइ हुनेछ। उनीहरूको मुद्दा न्यायाधीश खिमानन्द भूसालको इजलासमा बयान तथा सुनुवाइ भइरहेको छ।

प्रहरीले केही दिनअघि मुद्दाको अनुसन्धान सकेर चक्रेसहित १९ जनामाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, रोजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम मर्जन, प्रनिस कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीलाई मुद्दा चलाउन राय दिएको थियो।

प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो। उनीहरूले सवारीसाधनले सडकमा बाटो कब्जा गरेको, होहल्ला गरी हैरानी दिएको, अश्लिल अपशब्दहरू बोलेको, जन्मदिन मनाउने नाममा आतंकित बनाएको आरोप छ।

सरकारी वकिलको कार्यालय काठमाडौंमा चक्रे मिलनले बयान दिँदा आफू अहिले नेकपा एमालेको गोरखास्तरीय पार्टीको सदस्य भएर पार्टीगत रूपमा विभिन्न वडामा हुने कार्यक्रम र सामाजिक सेवा लगायतमा सहभागी हुँदै आएको पनि उल्लेख गरेका छन्। आफ्नो जन्मदिन साउन महिनामा पर्ने भएकाले पहिलो सातादेखि नै जन्मदिन मनाइदिन आउनेहरू समर्थकहरू रहेको पनि उनले बयानमा खुलाएका छन्।

त्यस्तै चक्रे मिलनले साम्बाला होटलमा पनि जन्मदिन मनाउनका लागि ग्राउन्ड फ्लोर र रूफटप बुकिङ गरेका थिए।मध्यराति केक काटेर सबै जना रमाइरहेको बेलामा प्रहरी आएको उनले बताए।त्यही बेला आफ्ना भाइहरूले प्रहरीसँग भनाभन गरेको उनले बयानमा खुलाएका छन्। उनले ठूलो संख्यामा भेला गरी जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु गल्ती भएको पनि बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै