मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन
पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

Nagarik Sewa 4881+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा

मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिकहरूलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ’,

विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।’

यस्तै, अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चितता भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा जिकिर गरिएको छ । 

यस्तो कार्यको विरोध गर्दै विज्ञप्तिमार्फत अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न माग गरिएको छ ।  अन्यथा समाजवादी प्रेसले यसको प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार