मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा पेश गरिँदै

Nagarik Sewa 4382+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की अदालतमा पेश गरिँदैछ । सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान चलिरहेकोले लामिछानेमाथि कास्की अदालतमा अभियोजन प्रस्तुत गर्न समय लाग्ने भएको छ ।

लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई आज एकसाथ म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिएको भए पनि तिहारको बिदा परेकाले आज मंगलबार मात्रै अदालतमा पेश गर्न लागिएको हो ।

अनुसन्धानका लागि प्रमाणहरू जुटाउँदै गर्दा थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि आग्रह गरिने भएको जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले जनाएको छ । लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा पनि कास्कीमै अनुसन्धान गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार