लागूऔषध गाँजासहित ४ जना पक्राउ

Nagarik Sewa 4238+ समाचार ( )
२४ पौष २०८१, बुधवार

काठमाडौं। पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका-२० हरपतगन्जबाट लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजे हरपतगन्ज चोकबाट करिब ५ सय मिटर पश्चिम तर्फ कुलोबाट लागु औषध गाँजा बोकेर गई रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।  

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–१ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुद्दिन मियाँ, बहुदरमाई नपा–७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ र ४५ वर्षीय शिव महतो रहेका छन् ।

प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई खानतलास गर्दा प्लास्टिकको बोरामा ४ वटा पोकामा लुकाई राखेको अवस्थामा करिब ५० किलो लागूऔषध गाँजा फेला परेको छ । पक्राउ परेका चारै जना उपर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएपी किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार