मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

चलचित्र विकास बोर्डद्वारा इनडोर सुटिङ स्टुडियोका लागि टेन्डर आह्वान

Nagarik Sewa 4881+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौं। नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।स्टुडियो बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलोआकारको (इनडोर सुटिङ स्टुडियो हुनेछ। निजी क्षेत्रसँग केही स्टुडियो भए पनि यस अघि चलचित्र क्षेत्रसँग आफ्नो स्टुडियो भने थिएन । 

यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङ स्थल प्रदान गर्नेछ। बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन। यो स्टुडियोको शिलान्यास २ महिनाभित्र नै गर्ने बोर्डको योजना रहेको छ ।

स्टुडियो निर्माणपछि स्वदेशी  चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ। यस स्टुडियो निर्माणपछि नेपाली फिल्म उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार