काठमाडौं। पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।