काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । उहाँले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ।
भ्रमण तालिका अनुसार १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । सोही क्रममा दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ ।