जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच हुन लागेको पार्टी एकीकरणको प्रक्रिया छिटै टुंगिने

Nagarik Sewa 4150+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

काठमाडौं । दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच हुन लागेको पार्टी एकीकरणको प्रक्रिया छिटै टुंगिने भएको छ । पार्टी एकीकरणको कार्यलाई छिटो टुङ्ग्याउन दुवै पक्षका नेताहरू छलफलमा व्यस्त छन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसेर सहमतिको बिन्दुमा पुग्ने प्रयास गरिरहेका हुन् ।

पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी बैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले बताउनुभयो ।

नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनावमा टुंगो लागिसकेको र पार्टीको विधान लेख्ने काम भइरहेको छ साथै पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी रहेको बताइएको छ ।

खानले बताए अनुसार बैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि प्रक्रियाले गति पाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार