मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

Nagarik Sewa 4875+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मंगलबार (कात्तिaक २५) जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।

यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको तथ्य प्रस्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ । यो कार्य सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री भएको जेनजी मुभमेन्टको ठहर छ ।

आफ्ना माग राख्दै जेनजी मुभमेन्टले भनेको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।”

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार