सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छः प्रधानमन्त्री ओली

Nagarik Sewa 4387+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्नुभएको छ। उहाँले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाउनुभयो।

सरकारले एकदुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्‍यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि ।’

‘सरकार  भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय? गम्भीर विषयमा छलफल हुँदाखेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार