मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता

Nagarik Sewa 4834+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

काठमाडौं। नेपाल र दक्षिण कोरिया सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ९ करोड रुपैयाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।परियोजनाको कार्यान्वयन अवधि सन् २०२९ डिसेम्बरसम्म तोकिएको छ। 

सम्झौता अनुसार, परियोजनाले बर्दियाका ग्रामीण समुदायहरूमा कृषि उत्पादकत्वमा वृद्धि, कृषि मूल्य शृङ्खलाको स्तरोन्नति, प्रभावकारी बजार पहुँचको विकास, र पारिस्थितिक पर्यटनको विस्तारजस्ता कार्यमार्फत समुदायको समग्र क्षमता अभिवृद्धि गर्नेछ ।

कोरिया सरकारको तर्फबाट परियोजना कार्यान्वयन गर्ने निकाय कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था हुनेछ भने नेपाल सरकारको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  तथा बर्दिया जिल्लाका आठ वटा स्थानीय तह सहभागी हुनेछन् ।

शुक्रबार सिंहदरबारमा आयोजित समारोहमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालस्थित राजदूत महामहिम पार्क ताई–यङले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

समारोहमा बोल्दै कोरियन राजदूत पार्क ताई–यङले कोरिया सरकार नेपालको समावेशी र दिगो विकासमा सधैँ उत्सुक रहेको बताए । त्यस्तै अर्थ सचिव घनश्याम उपाध्यायले परियोजनाले स्थानीय सरकार र समुदायहरूको सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार